वीरगञ्ज,सशस्त्र प्रहरी बल पर्साले लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको बहुदरमाई नगरपालिका–९ बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउबाट ६४ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले उक्त क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइराखिएको ६ पोका गाँजा फेला पारेको बुझिएको छ ।सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजाको परिमाण ६४ किलोग्राम रहेको छ । लागूऔषधलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply