निजगढ,रिटर्नी फेडेरेशन नेपालको मधेश प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

सर्लाहीको लालबन्दीमा बुधवार बसेको निर्वाचन अनुगमन तथा निर्देशन कमिटीको बैठकले केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेको अध्यक्षतामा कमिटी गठन गरेको हो । कमिटीको सचिवमा थानेश्वर सापकोटा रहनुभएको छ ।

त्यसैगरी खेम कार्की संयोजक र केन्द्रीय सदस्य सरिता चौंधरी सचिव रहेको निर्वाचन प्रचारप्रसार समिति पनि गठन गरिएको छ । आगामी मंसीर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशका जिल्ला तथा निर्वाचन क्षेत्र स्तरीय कमिटीहरु निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सोही कार्यक्रममा सर्लाहीस्थित लालबन्दीमा रिटर्नी फेडेरेशन नेपालको मधेश प्रदेश कार्यलय समेत उद्धाटन भएको छ । मधेश प्रदेशका ८ वटै जिल्लाहरुलाई समेटेर गतिविधि संचालन गर्न भुमिका खेल्न कार्यालयबाट सहयोग पुग्ने बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौंडैलले एमालेलाई मधेश प्रदेशमा पहिलो पार्टी बनाउन कार्यकर्ताहरु राजनीतिक रुपमा तयार हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको गठबन्धनको सरकार सिट भागबण्डामा मात्र अल्झिएकोले जनताको बारेमा सोच्ने समय नभएको उहाँको भनाइ थियो । रटर्नीहरुले क्रियाशील जनशक्ति र देशमा परिवर्तनको निम्ति अग्रसर रहेका उहाँले बताउनुभयो । साथै रिटर्नीहरुले एमाले राष्ट्रबादी पार्टी भएकोले जनता माँझ प्रष्टयाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेले निर्वाचनलाई लक्षित कार्यक्रम गरेर गाँउगाउँमा जानुपर्ने बताउनुभएको छ । विदेशबाट फर्किएका नेपालीहरुलाई एमालेले सम्बोधन गरेको र अब रिटर्नी सबैलाई समेटने गरि उद्यमशीलताको योजना बनाएर अगाडि बढनुपर्ने आवश्यकता औंल्याउदै घिमिरेले मधेश प्रदेशका नगरका वडासम्म समिति विस्तार कार्य तीव्र रुपमा अगाडि बढाइएकोले सबैं रिटर्नीहरुलाई संगठित हुन आव्हान समेत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य श्याम शिवाकोटी, रिटर्नी फेडेरेशन नेपालका स्थायी कमिटी सदस्यहरु थानेश्वर सापकोटा र खेम कार्की, केन्द्रीय सदस्यहरु उत्पला ढुगेंल, सरिता चौंधरी, अश्वेश्वर चौंधरी, मधेश प्रदेश अध्यक्ष रुद्र खतिवडालगायत पार्टीका जिल्ला कमिटी सदस्य तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु तथा विभिन्न जिल्लाका रिटर्नी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य स्थायी कमिटी सदस्य थानेश्वर सापकोटाले व्यक्त गर्नुभएको थियो कार्यक्रम सन्चालन अर्का स्थायी कमिटी सदस्य खेम कार्कीले गर्नुभएको थियो ।

Leave a Reply