बिदुर खडका

डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिकास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था मधेस प्रदेशकै उत्कृष्ट नाफा आर्जन गर्ने संस्थामा परेको छ । संस्थाको १५ औं बार्षिक साधारण सभालाई संम्बोधन गर्दै वक्ताहरुले सो कुरा जनाएका हुन ।

संस्थाले चालू आर्थिक वर्षमा २ करोड ४२ लाख ३६ हजार ५ सय खुद नाफ गरेको संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

३८ सयभन्दा बढी सेयर सदस्यहरु कारोबारमा रहेको संस्थामा ४१ करोड बचत र ५२ करोड लगानीमा रहेको छ भने संस्थाले मोबाईल बैङ्किग प्रणाली समेत लागु गरेको अध्यक्ष आले बताउनुहुन्छ ।

१ सय १ वर्षिया जेष्ठ नागरिक नोककृष्ण मुल्मीको अध्यक्षतामा सम्पन्न साधारण सभालाई निवर्तमान मधेस प्रदेश सभा सदस्य सोभा लामा, सीता गुरुङ्ग, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, संस्थाका उपाध्यक्ष संञ्जय साह संञ्चारकर्मी बिदुर खडका तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साधारण सभाको सफलताको लागि शुभकामना दिनुभएको थियो । सभाको सञ्चालन दिपक भट्टले गर्नुभएको थियो ।

संस्थाले जीतपुरसिमरा नगर क्षेत्रभित्र ४ वटा सेवा केन्द्रमार्फत आफ्ना सेयरधनी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सहकारीका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।

Leave a Reply