निजगढ,
बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गको देउराली चोकमा ट्रकको ठक्करबाट सोमवार दिउसो मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना युवक घाइते बनेका छन ।मृत्यु हनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिम्रीका वर्ष ३० का ईश्वर राई रहेका छन । राईसंगै मोटरसाइकलको पछाडि बसेका जीतपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तिका वर्ष २६ का दिपेश सन्जेल गंम्भीर घाइते भएका छन ।पूर्वको ढल्कबरबाट धनगढीतर्फ जादै गरेको सु प्र ०१–००१ ख २७३७ नम्बरको ट्रकले राईले चलाएको प्र २–०३–००४ नम्बरको मोटरसाइकललाई दिउसो २ः४० बजे रेडियो निजगढको कार्यालय अगाडि सडकमा ठक्कर दिएको थियो ।
घाइते दुबैको निजगढस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि वीरगञ्ज पठाइएकोमा चालक राईको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते सन्जेलको बयोधा अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ ।
मृतक राई र घाइते सन्जेल निजगगढ ८ स्थित ओम एडभाइजिङ्गका कामदार हुन । प्रहरीले ट्रकसहित चालक डोटी जिल्लाको केआइ सिंह गाउँपालिका घर भइ हाल कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३४ को योगेश राज भाटलाई नियन्त्रणमा लिएको छ ।