कलैया,जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरण कार्य हाललाई स्थगित गरिएको जनाएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिनुभएको हो ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने सेवाग्राहीहरुको अत्याधिक भिडभाड भएको कारणले राष्ट्रिय परियचपत्रको कार्ड वितरण कार्य मिति २०८२ साल वैशाख २ गतेसम्मका लागि स्थागित गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ, भट्टराईद्वारा जारी सूचनामा लेखिएको छ।यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

Leave a Reply