वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा वर्षाको पानी निकासको अनुगमन गर्न पुगेका जनप्रतिनिधिहरूमाथि भएको दुव्र्यवहार र हुलहुज्जतको घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाहीको लागिपर्साका प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेसले सयुक्त माग गरेका छन ।
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दरप्रसाद कुर्मीले जारी गरेको विज्ञप्तिमा पार्टीले सुदर्शन लामिछानेद्वारा वडा नम्बर १७ का वडा सदस्य एवं नेकपा एमालेका वीरगञ्ज महानगर कमिटी सचिवालय सदस्य आमोद यादवमाथि भएको हातपातको कडा भत्र्सना गरेको छ ।एमालेले लामिछानेलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई जोडदार माग गरेको छ ।


















