बिहीवारबाट यस वर्षको माध्यामिक शिक्षा परीक्षा अथवा इसईई परीक्षा शुरु भएको छ । यो एक नियमित परीक्षा प्रर्णाली हो । हरेक कक्षाको जसरी नै यो पनि एक प्रकारको परीक्षा नै हो । यसमा धेरै विद्यार्थीहरु आत्तिनु पर्ने र अभिभावकहरु मात्तिनुपर्ने कारण नै छैन । तर मधेशतिर अझैपनि एसइइको नाउँमा विकृति छ ।
मधेशमा एसइइ भनेको इज्जतको रुपमा अझैपनि लिने गरिन्छ । इज्जत त फरक कुरा भयो तर यो एक सामान्य परीक्षा हो भन्ने कुरा बुझ्न सबैले जरुरी छ ।पहिलो दिनकै परीक्षामा विकृति तराई मधेशमा देखिएको छ । मधेशका केही जिल्लाहरुमा परीक्षा शुरु भए लगत्तै प्रश्न पत्र बाहिरिएको छ । यो अन्य प्रदेशमा सुनिदैन र देखिदैन पनि । मधेश अन्य प्रदेशको तुलनामा शिक्षामा फेरि कमजोर नै छ । साक्षरता दर कमजोर भएको मधेशमा एसइइ जस्ता परीक्षामा बिकृति गराउनुहुन्न । कतै कतै शिक्षकहरुको पनि बद्मासी देखिन्छ ।
हुनत नेपालको परीक्षाको प्रणाली नै गलत छ तर पनि यो प्रणाली हाल परिवर्तन हुदैन तर विगत भन्दा धेरै परिवर्तन भने भएको छ । कुनै समयमा एसइइको पनि महत्व थियो होला तर अब खासै छैन । कम्तीमा १२ कक्षा नपढेसम्म खासै मान्यता छैन । त्यो हिसावले पनि अभिभावकहरु धेरै फुर्कनुपर्ने अवस्था छैन भने विद्यार्थीहरु डराउनुपर्दैन । निर्धन्न भएर चीटसिटको चक्करमा नलागी परीक्षा दिनुपर्दछ । एसइइको नाउँमा ताण्डव गरिनु ठीक होइन ।

















