बिश्वमा मुलतः अहिले ठुला देशहरुको आँखा इन्धनमा नै छ । कुरै गर्ने हो भने चीन र अमेरिकाको मुख्य नजर नै इन्धन वा पेट्रोलमा छ । रुस र युक्रेन भन्ने देशको लडाइ आखिर दुई वर्षदेखि यसैमा भइरहेको छ ।बिश्वका कयौं देशमा खानीका कारण नै लडाइ भएको छ । यो हिसावले नेपाल जस्ता साना देशको त हिसावकिताव नै आउदैन । बिश्व बजारमा नेपाल जस्ता देशले केही गर्नसक्ने कुरै भएन ।
नेपालले आफैसँग भएको चीजको त सदुपयोग गर्न सक्दैन अब बिश्वमा आँखा लगाउने त कुरै भएन । केही सीमित आफुले उत्पादन गर्ने बस्तु बाहेक अरुमा नेपालमा परनिर्भर नै छ । अब नेपालमा नागरिक स्तरबाट नै मुख्य त विधुतीय सवारी साधनलाई संचालनमा ल्याउन जरुरी देखिन्छ । सरकारले यसको आयातका लागि केही राहत दिएको छ । पछिल्लो समय यसको आयात बढेको पनि पाइन्छ ।
वीरगञ्ज भन्सारबाट नै ६ महिनाको अवधिमा एक खर्ब बरावरको इन्धन आयात भएको छ । यदि विधुतीय गाडी अझ बढी संचालनमा ल्याउन सकियो भने यो रकम थप बच्नेछ । यसको अर्को ठाउँमा काम आउनेछ । विधुतलाई बरु जसरी भएपनि सहज रुपमा संचालन गरौं, चार्जिङ्ग स्टेशनहरु थपौं यद्यपि इन्धनका गाडीहरु विस्थापित नै गरौं । यसो गर्नसकियो भने देशको पैसा पनि बच्नेछ र वातावरण पनि प्रवद्र्धन हुनेछ ।
















