आरके राजन

सिम्रौनगढ,बाराको सिम्रौनगढ नजिक सिमावर्ति भारतीय शहर घोडासहनस्थित रेल्वे स्टेसनमा बुधवार एक रेल आगलागीबाट जोगिएको छ ।रक्सौलबाट सितामढीतर्फ जांदै गरेको ०५२१३ नम्बरको यात्रु वहाक रेल आगलागीमा पर्नबाट जोगिएको हो । घोडासहन रेल्वे स्टेशन प्लेटफर्म नम्बर १ मा रोकिंदा रेलको ईन्जिन नजिक रहेको बोगीको तल आगो र धुवाँ निस्केको देखेर यात्रुहरूमा भागदौड मच्चिएको थियो । लगत्तै रेल चालकसहित रेलका कर्मचारीहरुले निरीक्षण गर्दा ब्रेक वाईडिङ नजिकबाट आगो निस्केको पाईएको थियो ।आगो लागेको बोगीलाई तत्काल मर्मतको लागि विस्थापित गरी यात्रीहरुलाई अर्को बोगीमा स्थान्तरण गरेर रेललाई गन्तव्यतर्फ प्रस्थान गर्न दिईएको थियो । घटनाको बारेमा रेल्वे कन्ट्रोल समसस्तीपुरका अधिकारीलाई सबै जानकारी गराइएको घोडासहन स्टेशन मास्टर सुजितकुमारले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here