अहिले मध्यपूर्व क्षेत्र अहिले फेरि जटिल र संवेदनशील मोडमा पुगेको छ । फेब्रुअरी अन्त्यदेखि अमेरिका र इजरायलले इरानलाई लक्षित गर्दै सैन्य गतिविधि तीव्र बनाएको तथा त्यसको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण थालेको खबरहरूले विश्व राजनीतिलाई गम्भीररूपमा तरंगित बनाएको छ ।

यसले क्षेत्रीय द्वन्द्व मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई समेत नयाँ संकटतर्फ धकेल्ने संकेत गरेको छ । यस्तो परिस्थितिले विश्व फेरि दुई ध्रुवमा विभाजित हुने जोखिम बढाउँदै लगेको छ, जसले आगामी दिनमा अझै ठूलो युद्धको सम्भावनाप्रति चिन्ता पैदा गरेको छ ।
मध्यपूर्वको राजनीतिक अस्थिरता, धार्मिक विभाजन, ऊर्जास्रोतको रणनीतिक महत्व र बाह्यशक्तिहरूको हस्तक्षेपले गर्दा साना द्वन्द्वहरूसमेत ठूलो संघर्षमा रूपान्तरण हुने जोखिम रहँदै आएको छ ।

यदि अहिलेको द्वन्द्व विस्तार हुँदै गयो भने त्यसको प्रभाव केवल मध्यपूर्वमा सीमित रहनेछैन, यसले विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा समेत गहिरो असर पर्ने निश्चित छ ।विशेष गरी एसियाली मुलुकहरू यस अवस्थाबाट सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ । युद्धको आशंका बढ्दै जाँदा तेलको मूल्य वृद्धि, ढुवानी लागतमा बढोत्तरी र आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न हुने खतरा बढ्छ । यसको सीधा असर विश्व बजारमा मूल्यवृद्धिका रूपमा देखिन्छ । तर शान्ति भने कु्हिरोको काग जस्तै बन्दै् गइरहेको छ ।

Leave a Reply