बाराको निजगढ भौगोलिक रुपमा आफैमा सुन्दर छ । पूर्वपश्चिम लोकमार्ग भएर मात्रै होइन यो शहरको आफ्नै मौलिक विशेषता छ ।त्यसो त बारा जिल्लाका हरेक स्थानको आआफ्नै विशेषता र महत्व छ नै । निजगढ आसपासका बस्तीहरुको पनि उत्तिकै महत्व छ तर पछिल्ला केही वर्ष यता बाराको निजगढ र यस आसपासलाई मज्जाले भद्दा मजाकको बाटो बनाइएको छ । जसले निजगढ क्षेत्रका बासिन्दालाई मात्रै होइन जिल्लावासीलाई चिन्नित बनाइदिएको छ ।बुधवार मात्रै मधेस प्रदेशको सदनमा एकजना सांसदले बाराको अन्तर्राष्ट्रिय विमानस्थल बनाइने भनिएको स्थानमा उद्योग बनाउनु पर्ने तर्क गरेका छन् । जनमत पार्टीका प्रदेश सांसद शतिसकुमार सिंहले यस्तो तर्क गरेका हुन । उनको तर्कबाट यस्तो लाग्छ कि निजगढ क्षेत्रका बासिन्दाहरु चैं बिक्री गर्न राखिएका खसी बोका हुन् जसको मुल्य मात्रै हुन्छ । विमानस्थल बनाउने नाउमा एक त पटक पटक निजगढका नागरिकहरुको भावनामाथि खेलवाड भइरहेको छ अनि अब उद्योगको कुरा आउनु ? उनले प्रदेश सभामा बोल्दै विमानस्थलको साटो उद्योग खोलेर रोजगारी वृद्धि गर्नुपर्ने तर्क गरेका छन ।यस्तो हावा र बेतुकका कुरा भन्दापनि एउटा पास लाउने ंकुरा सदनमा उठोस् । विमानस्थन बनाउन केले रोक्यो त्यसको जानकारी होस् । कम्तीमा बन्दै गरेको फाष्टट्याकका विषयमा आवाज उठोस् भन्ने कुरामा निजगढ क्षेत्रका नागरिकहरु सचेत छन् र उनीहरुले यही चाहिररहेका छन् । उनीहरुलाई भद्दा मजाक भने अब स्वीकार्य हुने छैन ।

















