Team Hong Kong, China celebrates the wicket of Sundeep Jora of Nepal during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई १ सय ६५ रनले हराएको छ ।मधेशले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । कोशीका शकिब हकले सबैभन्दा धेरै २५ रन बनाए । मधेशका रुपेश सिंहले ५ विकेट लिए ।
यसअघि रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मधेशले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८४ रन बनायो । मधेशका पवन सर्राफले ९२, कप्तान अनिल साहले ७५, दिपेश दासले नटआउट ५६ रन बनाए । कोशीका विपिन महतो र प्रकाश कार्कीले २-२ विकेट लिए ।प्रतियोगितामा मधेशको यो विजयी शुरुआत हो भने कोशीको लगातार दोस्रो हार हो ।

Leave a Reply