नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले परवानीपुर गाउँ कमिटी अध्यक्ष राम यादवलाई पार्टी साधारण सदस्यबाट निष्काशन गरेको छ ।
नेकपा एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले पार्टीको हित विपरित काम गरेको भन्दै यादबलाई पार्टीबाट निष्काशन गरिएको हो ।
नेकपा एकीकृतका बारा जिल्ला सचिव बिक्रम ठाकुरले प्रेस बिज्ञप्ति जारी गर्दै युवा संघ नेपाल बाराको अध्यक्ष समेत रहेका यादबलाई पार्टीको सबै जिम्मेवारीबाट हटाइएको जानकारी दिनुभएको छ । पटकपटक सम्झाउदा पनि अटेरी गरेकोले पार्टीले कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीको नीति, सिद्धान्त र विधानविपरित व्यक्तिगत लोभलालचमा परि यादवले नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेको समाजवादीका नेता धु्रव यादवले जानकारी दिनुभयो ।
यादब परवानीपुर गाउँपालिकाबाट अध्यक्ष पदको प्रत्यासी हुन नेकपा एमालेमा प्रवेश गरेको युवा संघ नेपाल कलैया कमिटी अध्यक्ष हरिओम साहले आरोप लगाउनुभयो ।
बारामा स्थानीय निर्वाचन नजिकिएसंगै विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ । पार्टी प्रवेश गरेका अधिकांशले स्थानीय चुनावमा टिकटको आशा राखेको श्रोतले जनाएको छ ।
यादव सोमवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमालेमा प्रवेश गुर्नभएको थियो । यादबलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।