सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।पालिकाको नवौं स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको उपमहानगरका अधिकृत पूर्णप्रसाद तिवारीले सोमवार एक सूचना प्रकाशन गर्दै जानकारी दिनुभएको छ ।उपमहानगरपालिका मातहतका कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।


















