निजगढ,निजगढ स्थापनाको ४३ औं बार्षिकोत्सवको अवसरमा नेपाल मगर संघ निजगढले बिहीवार निजगढमा सद्भाव ¥याली र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।स्थापना दिवसको अवसरमा निजगढ७ स्थित लखनटोलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले मगरहरु नेपालको अत्यन्तै इमान्दार, साहसी र मेहनती जाति भएको बताउनुभयो । उहाँले मगर समुदायको हित र भलाइको लागि पालिकाले आवश्यक सहयोग गर्ने पनि सुनाउनुभएको थियो ।
मगर संघका नगर अध्यक्ष बाबुराम थापामगरको अध्यतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोममाया थिङ्ग, पूर्व नगर प्रमुख सुरेश खनाल, पूर्व नगर उपपप्रमुख लिलादेवी लामिछाने, नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहाकार कुश थापामगर, निजगढ ७ को जनहित सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष चद्रिका मगर पुलामीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।स्थानीय समाजसेवी भिमादेबी मगरले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको संचालन मोती रानामगरले गर्नुभएको थियो ।
यसअघि परम्परागत भेषभुषामा सझिएका मगर समुदायका महिला पुरुषले झाँकीसहितको ¥यालीपूर्वपश्चिम लोकमार्ग परिक्रमा लखन टोलमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको हो ।कार्यक्रममा मगर समुदायका कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । मगर संघलेस्थापना दिवसको अवसरमा हरेक वर्षको फागुन १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्दैआएको छ ।
















