हेटौंडा,मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारणसभा तथा अधिवेशनमा बुधवारदेखि हेटौंडामा सुरु भएको छ । २४ देखि २७ पुससम्म हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै छन् ।
संघको निर्वाचनका लागि ५७ औं साधारणसभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको छ । विगतमा अध्यक्षले निर्वाचित सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा मनोनीत गर्ने व्यवस्था थियो । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचनको व्यवस्थाले निर्वाचनलाई थप रोचक बनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघमा २८ जनाको कार्यसमिति हुनेछ । अध्यक्ष, ४ उपाध्यक्ष (एशोसिएसन, वाणिज्य, उद्योग र वस्तुगत), १ महासचिव, १ कोषाध्यक्ष, ४ सचिव र एक सहकोषाध्यक्ष पद छ ।एशोसिएटतर्फ ४ सदस्य, वाणिज्यतर्फ ७ सदस्य, उद्योगमा ४ सदस्य र वस्तुगतमा १ सदस्य पद हुने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष उम्मेदवार प्रमोद सिंह रानाभाटले प्यानल घोषणासँगै आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।रानाभाट प्यानलबाट महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाई), सहकोषाध्यक्षमा निलम वैद्य उम्मेद्वार बन्नेछन् । एसोसिएटतर्फ उपाध्यक्षमा उज्वल चौलागाईं, सचिवमा माधव ज्ञवाली, सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र सुकृत पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, सचिवमा रुपकराज दहाल, सदस्यहरु जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, महिला आरक्षणमा सीतादेवी भेटवाल तथा वस्तुगततर्फ उपाध्यक्षमा प्रदीप अर्याल, सचिवमा राजाराम कार्की र सदस्य कृष्ण अर्याल छन् ।

वाणिज्यतर्फ उपाध्यक्षमा रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागाई, सदस्यहरु राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), महिला आरक्षणमा निलम बजगाई देवकोटा छन् ।त्यसैगरी अग्रवालको प्यानलबाट महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सहकोषाध्यक्षमा राधिका सामरी पाण्डे उम्मेद्वार छन् । एसोसिएटतर्फ उपाध्यक्षमा विष्णु खनालको मात्रै उम्मदवारी रहेको छ ।

वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी, सचिवमा दिवस पराजुली र सदस्यमा रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई र महिला आरक्षणमा निलम पाण्डे रहेका छन् ।उद्योगतर्फ उपाध्यक्षमा रविन्द्र प्रसाद घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, महिला आरक्षणमा मेनका श्रेष्ठ उम्मेदवार छन् । वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी, सचिवमा नेत्रप्रसाद खतिवडा र सदस्यमा शम्भु पुडासैनी छन् ।
बिहीवार बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिनुभयो । सोही दिन साढे १० बजेबाट १२ बजेभित्र उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारहरु डेढ घण्टाभित्र मनोनयन दर्ता स्थलमा प्रवेश गरिसक्नुपर्ने नियम छ ।
उम्मेदवारको नामावली प्रकाशन लगत्तै दाबी विरोधको समय हुनेछ । २७ गते मतदान कार्य हुनेछ । मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने कार्यतालिका छ ।यस वर्षको निर्वाचनमा २ हजार ४६ जना सदस्यले मतदान गर्न पाउने छन् । अघिल्लो अधिवेशनमा २ हजार ९ सय ७ जना सदस्य थिए । ३ वर्षमा ८ सय ६१ जना सदस्य घटेका छन् । मउवा संघको सदस्यता नवीकरण नगर्ने हालसम्मकै यो ठूलो संख्या रहेको सचिव कार्कीले बताउनुभयो ।विधान संशोधनपछि सदस्यता नवीकरणमा फर्मको करचुक्ता प्रमाणपत्र अनिवार्य गरेपछि ठूलो संख्या घटेको हुन सक्ने उहाँले बताउनुभयो ।

Leave a Reply