वीरगञ्ज,पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । आफूले न्याय नपाएकोभन्दै बृजकिशोरप्रसाद साहले सोमवार जिल्ला प्रशासन कार्यालय वीरगञ्जअगाडि आत्मदाहको प्रयास गरेका हुन् ।साहले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । आत्मदाहको प्रयास गरेका साहलाई तत्काल उद्धार गरी नारायणी अस्पताल पु¥याइएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्राप्त साहले लेखेको पत्रमा जनाइए अनुसार साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरुको नाममा पास गरेका थिए । ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा आनाकानी गरिरहेका कारण आत्मदाहको प्रयास गरेको कुरा खुलाइएको अर्यालले बताउनुभयो । यो मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन गरिरहेको छ ।


















