पुष्पराज खतिवडा
बारा,नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ कमिटीले नारी दिवसको अवसरमा शनिवार सोही वडाको बंगडी पिकनिक पार्कमा वनभोज तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको एमाले पोलिटब्यूरो सदस्य, बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री ज्वाला साहले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएकी सांसद साहले घरघर सदस्य टोलटोलमा संगठन भन्ने नारासहित एमालेले शुरु गरेको ३ महिने जरा कन्द्रिय अभियानका बारेमा प्रकाश पार्नुभएको थियो ।

उहाँले भुमिसम्बन्धि अध्यादेश अहिले रोकिएको भएपनि छिट्टै पारित हुने र गरिब भूमिहिन सुकुम्बासीको वर्षौदेखि अधुरो रहेको लालपूर्जा पाउने सपना पुरा गराएरै छाड्ने बताउनुभयो ।‘भूमि आयोगले काम सुरु गरेको अवस्था छ । करारका प्राविधिक नियुक्त गरेर प्रक्रियालाई छरितो बनाउँदै अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या एमाले नेतृत्वको सरकारकै पालामा समाधान गरिने छ ।’ उहाँले भन्नुभयो ।

कृषि उत्पादनको बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य नपाइएको भन्दै यस्ता विषयमा सरकार गम्भीर हरेको आफुले पाएको उहाँले बताउनुभयो ।कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, बारा जिल्ला सचिव अमृत शर्मा बजगाँई, एमाले जिल्ला सचिवालय सदस्य एवं निजगढ नगरपालिकाका प्रमुख सुरत पुरी, जिल्ला कमिटी सदस्य एवं जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीलगायतले बोल्नुभएको थियो ।

यस्तै कार्यक्रममा एमाले जिल्ला लेखा समिति संयोजक रमेश सापकोटासहित नगर कमिटी सचिव रत्न उप्रेती, सहसचिव त्रिलोक विक्रम साह, ३ नम्बर क्षेत्रीय कमिटी संयोजक अनिलकुमार मैनालीलगायत नेता कार्यकर्ताको सहभागिता थियो ।
कार्यक्रममा नेपाली काँग्रेस, माओवादी प्ररित्याग गरि एक दर्जन बढी एमाले प्रवेश गरेका छन । एमाले प्रवेश गर्ने स्थानीय प्रकाश चौलागाई, कृष्णप्रसाद दाहाल, एमबहादुर मगर लगायतलाई प्रमुख अतिथि पूर्वमन्त्री साहले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष समेत रहनुभएका वडा कमिटी अध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष उषा सापकोटाले स्वागत मन्तव्य एवं वडा कमिटीका सचिव रविन्द्रराज भण्डारीको संचालनमा गर्नुभएको थियो ।

Leave a Reply