रौतहट,रौतहटको चन्द्रपुर नगरपालिका– १ नुनथरस्थित बागमती नदीमा दुई दिनमा दुई जना भारतीय युवकको डुबेर मृत्यु भएको छ ।डुबेर बेपत्ता भएका एक युवकको शव घटनाको तीन दिनपछि आइतवार फेला परेको हो ।
भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका २४ वर्षीय नितिशकुमार राउतसहित दुई जना ९ गते बेलुका ७ बजे बागमती नदीमा नुहाइसकेपछि जल भरिरहेको अवस्थामा अचानक बेपत्ता भएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुर र सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको संयुक्त टोलीले खोजतलास गरेको थियो ।प्रहरीले आइतवार चन्द्रपुर नगरपालिका– १ गोपालकुटीस्थित बागमती सिँचाइ आयोजनाको मुख्य नहर (हेड वक्र्स ब्यारेज) को पश्चिम साइडको ‘एच’ नम्बर गेटमा राउतको शव फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताउनुभएको छ ।यसअघि बेपत्ता भएका दुईमध्ये बिहारको सीतामढी जिल्ला ग्राम जमुआहा. १ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव शनीवार झोलुङ्गे पुल नजिकै, घटनास्थलदेखि करिब १५० मिटर दक्षिणतर्फ तैरिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता रायले जानकारी दिनुभयो ।प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई चन्द्रपुरस्थित अस्पतालमा राखेको जनाएको छ । मृतकको सनाखत उनका बुबाले गरेका छन् ।

Leave a Reply