बरियारपुर,बाराको पचरौतामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन । बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनभुयो । ‘शरीरमा चोटपटक देखिएको छैन, घाँटीमा सल त बेरिएको छ ।’ उहाँले घटना शंकास्पद छ, अनुसन्धान गरिरहेको बताउनुभयो । प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उहाले बताउनुभयो । स्थानीयले बुधबार बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।