आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका ११ भगवानपुरमा शुक्रवार एक धार्मिक समारोहबीच नवनिर्मित हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।श्रीराम कबिर मठमा स्थापित हनुमानको मूर्ति मन्दिरमा प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठाकै क्रममा बिहीवार भगवानपुरमा कलश यात्रा निकालिएको थियो । त्यस्तै शुक्रवार बिहानैदेखि पूजापछि दिउसो पण्डित रमेश चौबे र प्रभुप्रसाद कुशवाहाले मन्दिरको प्राण प्रतिष्ठा गराउनु भएको थियो ।

सो अवसरमा सम्पुर्ण सम्प्रदायका सन्तमहन्त, भगत, स्थानीय भद्रभलादमी, बुद्धिजीवीलगायतको सहभागिता रहको थियो । श्री राम कबिर मठ्को अभिभावकको रुपमा गुलाब दास बैरागीलाई सो धार्मिक समारोहमा महन्थ घोषणा गरिएको थियो । सो अवसरमा उपस्थित जिल्लाका विभिन्न मठ मन्दिरका सन्त महन्तले तथा गाउँलेहरुले गुलाब दास बैरागीलाई महन्त को पगडी (ताज) पहि¥याएका थिए ।

Leave a Reply