वीरगन्ज । वीरगन्जको एक कागज उद्योगमा कार्यरत भारतीय मजदुरको मृत्यु भएको छ ।उद्योगले सुरक्षा सावधानी नअपनाउँदा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ स्थित दुर्गा पल्स प्रा.लि. कागज कारखानामा कार्यरत भारतीय मजदुरको मृत्यु भएको हो ।उद्योगमा काम गर्दागर्दै माथिबाट कागजको बण्डल भारत उत्तर प्रदेश सिद्धार्थ नगर निवासी अन्दाजी ३५ वर्षीय रबिन्द्र रस्तोलीको टाउकोमा खसेको थियो । उनको टाउको मुख, नाक लगायतका शरीरका अंगहरुमा गम्भीर चोट लागेको थियो । उपचारका लागि वीरगन्जको गण्डकस्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालमा लैँजादा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।प्रहरी नायब उपरीक्षक बुढाथोकीकाअनुसार शब पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताउनुभयो ।श्रम तथा रोजगार कार्यालय पर्साका प्रमुख कृष्णकुमार यादवकाअनुसार उद्योगले श्रमिकको अनिवार्य रुपमा जीवन बिमा गर्नुपर्ने बताउनुभयो । मृतकका आफन्तले उजुरी दिएपछि बिमा नगरेको भएपनि श्रमिक ऐनमा उल्लेख भएबमोजिम कारबाही र क्षर्तिपूर्तिको व्यवस्था मिलाउन सकिने प्रमुख यादवको भनाइ छ ।उद्योगका सञ्चालक रोहित अग्रवाल मृतक मजदुरको ऐनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने बताउँनुहुन्छ । उहाँले बिमाको व्यवस्थाबमोजिम आवश्यक क्षतिपूर्ति परिवारलाई उपलब्ध गराउँने बताउनुभयो ।

Leave a Reply