कलैया,बाराको करैयामाई गाउँपालिकाले बिहीबार पालिकामा शोक बिदा दिएको छ ।गाउँपालिकाको वडा नम्बर १ वडा कार्यालयका वडा सदस्य मंजुर आलमको निधनमा गाउँपालिकाले बिहीवार शोक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।अध्यक्ष यादवले हस्ताक्षर गरेको सूचनामा आलमको निधनको शोकमा बिहीवार गाउँपालिका कार्यालय, मातहतका सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा बिदा हुने जनाइएको छ ।



















