निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टीले निजगढ नगरपालिकामा हुदै आएको तालबान्दी ७२ घण्टाभित्र खोल्नु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राप्रपाले आइतवार बुझाएको ज्ञापनपत्रमा ७२ घण्टाभित्र पनि ताला नखोलिएर आफूहरुले खोल्ने चेतावनी पनि दिइएको छ ।

कार्यालयमा लामो समयदेखि हुदै आएको तालाबन्दीका कारण सर्वसाधारणको सेवा प्रभावित भएको भन्दै राप्रपा निजगढका कार्यकर्ताहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटालाई भेटर ज्ञापनपत्र बुझाएका हुन ।

राप्रपाले बुझाएको ज्ञापनपत्रमा निजगढ नगरपालिकामा विगत १४ दिनदेखि प्रशासकीय अधिकृत सरुवाको विषयमा एउटा पक्षले प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की र अर्को पक्षले प्रमुख सुरत पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा ताला लगाएपछि सर्वसाधारण मार्कामा परेको उल्लेख छ ।

ज्ञापनपत्रमा दुबै पक्षको घमण्डका कारण नगरको विकासलाई बन्धक बनाउने र नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधाबाट बन्चित गर्ने कार्यप्रति घोर निन्दा गर्दछ भनिएको छ । ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘जनभावना अनुसार आपसी छलफलव्दारा समस्याको समधान गरी अविलम्ब ताला खोली सेवा सुचारु गर्नको निमित्त राप्रपा निजगढ जोडदार माग गर्दछ,’ राप्रपाको आग्रह सुनुवाइ नगरी अराजनीतिक गतिविधि जारी राखियो र आगामी ७२ घण्टासम्म पनि ताला नखुले सशक्त रुपमा ताला खोल्ने कार्यमा अघि बढने जानकारी गराउदछौं ।’

ज्ञापनपत्र बुझाउन राप्रपा केन्द्रीय कार्यसमिति सदस्य विनोद भारती, केन्द्रीय कार्य सम्पादन समितिकी पूर्वसदस्य सावित्री भारती, राप्रपा मधेस प्रदेश सदस्य बासुदेव तिमल्सिना, राप्रपा बारा क्षेत्र नम्बर १ क का अध्यक्ष भक्त दर्लामीलगायतको उपस्थिति रहेको थियो ।

स्थानीय विकास तथा संघीय मामला मन्त्रालयको सरुवा निर्णय उल्टाउदै प्रमुख प्रशासकीय अधिकृत कार्कीले निजगढमा नै फर्किने प्रयास गरेपछि गरेपछि कार्कीलाई हाजिर नगराउने अडान लिदै आउनुभएका नगर प्रमुख पुरीले उनको कार्यकक्षमा ताला लगाउनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकक्षमा तालाबन्दी भएपछि उहाँलाई नै हाजिर गराउनु पर्ने पक्षमा रहेका कार्यपालिका बहुमत सदस्यहरुले नगर प्रमुख पुरीको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन । प्रमुख प्रशासकीय अधिकृत कार्की नगर प्रमुख, उपप्रमुखको कार्यकक्षमा तालाबन्दी भएपछि गत साउन १५ गतेबाट नगरपािलकको सेवा प्रभावित हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here