श्रीलंका दक्षिण एसिया प्रान्तको एक करिब करिब नेपाल जत्रै देश हो । भूगोलका हिसावले नेपालभन्दा केही सानो भएपनि जनसंख्या दुई करोड बढी छ श्रीलंकाको । कुनै समय जातीय युद्धबाट नेपाल जसरी नै निकै मारमा परेको श्रीलंकामा पछिल्ला दिनमा भइरहेका घटनाक्रमले विश्वको ध्यान तानेको छ । श्रीलंकाका नेताहरुले आफू र आफ्ना मान्छेका लागि मात्रै धन थुपारेर राखेपछि त्यसको बिरोध जनस्तरमा भएको हो ।

बिरोध स्वरुप नागरिकहरुले त्यहाँको राष्ट्रपति भवन समेत कब्जामा लिएका छन् । जनता आन्दोलनमा उत्रिएपछि सरकार संचालकहरु फरार भएका छन् । जनता जागेपछि कसैको केही लाग्दैन भन्ने कुराको प्रमाण समेत श्रीलंकाका नागरिकहरुले दिएका छन् । त्यसैले पनि श्रीलंका गरिबीको रेखामूनि नराम्रोसंग परेको छ ।

नेपालका केही नेताहरुले समेत यहाँको अवस्था पनि श्रीलंकाको जस्तो होला भन्दैछन् । आर्थिक रुपमा नेपालको अवस्था पनि राम्रो छैन । बैंकमा पैसा नभएको धेरै भइसकेको छ । त्यसैले श्रीलंकाको अवस्थामा देश पुग्न गाहे छैन तर यदि नेपाली जनता पनि सडकमा त्यसरी नै उत्रिए भने फेरि नेपालले उपलब्ध गरेको सबै कुरा गुम्नेछ । त्यसैले बर्तमान सबै दलहरु यो प्रति बेलैमा सचेत र जिम्मेवार हुन आवश्यक छ ।

Leave a Reply