निजगढ – निजगढ नगरपालिकामा आगामि माघ २५ गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ । गतबर्ष झैं स्वास्थ्यकर्मिहरुले नगरका प्रत्येक घर घरमा गई औषधि खुवाउने कार्यक्रम तय भएको छ ।
निजगढ नगर स्वास्थ्य शाखाको आयोजनामा बुधबार नगरपालिका भवनमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि एक अन्र्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो । कार्यक्रममा नगरप्रमुख सुरेश खनाल ,उपप्रमुख लिलादेवि लामिछाने खनाल ,प्रमुख प्रशाशकिय अधिकृत बिशकसेन ढकाल ,वडा नं ५ का वडाअध्यक्ष थलप्रसाद गौतम ,कार्यपालिका सदस्यहरु ,विभिन्न संघसंस्थाका प्रतिनिधि संचारकर्मि तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई नगरपालिका स्वास्थ्य शाखा संयोजक रमेश बलले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराउनुभएको थियो । यो रोग क्युलेक्स जातको लमखुट्टेको टोकाईबाट सर्ने गर्छ ।