रौतहट,रौतहट जिल्लाको गौरका स्थानीयले गौर नगरपालिकाले राइस मीलको विषयमा गरेको निर्णय बदर गर्न माग गरेका छन् । गौर नगरपालिकाको कार्यपालिकाले रातारात बन्द कोठाबा गौर राईस मिलको मैदान बिक्री गर्ने गरेको निर्णयप्रति त्यस क्षेत्रका नागरिकले आपत्ति जनाएका हुन् ।

गौर राईसमिल बचाउ अभियान सञ्चालन गरेर नगरपालिकाको विरुद्धमा बुधवार स्थानीयले प्रदर्शन गरेका छन् । जनताको अहित हुने र नगर प्रमुख शम्भु साहसहित केहि जनप्रतिनिधिको व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिएको निर्णय मान्य नहुने जनाउदै अभियानले बुधवार नगर प्रमुख साहलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।गौर राईस मिल मैदानको जग्गा एक ईन्च पनि कुनै भूमाफियालाई नदिने गरी २४ घण्टाभित्र यसअघि भएका निर्णय बदर गर्न ज्ञापन पत्रमा भनिएको छ ।राईस मिल मैदान बिक्री गर्ने निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ । जनताको चाहना विपरीत चालिएको कदमको प्रतिकारको क्रममा हुनजाने सम्पूर्ण क्षतिको जिम्मेवार गौर नगरपालिका र नगर प्रमुख साह स्वयम नै हुनुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply