निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजयकुमार बर्तौलाको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्तौलालाई काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।गत वर्ष पुष २३ गतेबाट निजगढ नगरकार्यपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका बर्तौैलाको १ वर्ष २ महिना भित्रैमै सरुवा भएको हो ।निजगढको प्रमुख प्रशासकीय अधिकृतमा भने उपसचिव युवराज आचार्य आउनुहुने भएको छ । आचार्य हाल संघीय मामला तथा स्थानीय प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत हुनुहुन्छ । आचार्यले यसअघि ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पनि काम गर्नुभएको थियो ।

















