कलैया,महङ्गी नियन्त्रण र रासायनिक मल सहज रुपमा उपलब्ध गराउन माग गर्दै कलैयामा किसानहरुले आइतबार जुलुश प्रदर्शन गरेका छन् ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बाराको अगुवाइमा किसानहरुले जुलुश प्रदर्शन गरेका हुन् । कलैयास्थित एमालेको पार्टी कार्यालयबाट निस्किएको किसानहरुको जुलुश बजार परिक्रमा गर्दै कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालयमा पुगेर धर्ना तथा घेराउ कार्यक्रममा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी किसानहरुले रासायनिक मल सजह रुपमा उपलब्ध गराउनुपर्ने, दैनिक उपभोग्यवस्तुको महङ्गी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने जस्ता लगाएका थिए । बजार परिक्रममापछि कृषि साममाग्री कम्पनी लिमिटेड शाखाका कार्यालयमा पुगेर किसानहरुले मुल गेटमा दुई घण्टा धर्ना दिदै घेराउ गरेका थिए ।

त्यसक्रममा कार्यालयका निमित्त प्रमुख नोजबहादुर जिएमलाई भेटेर किसानहरुले रासायनिक मल समयै सहज रुपमा उपलब्ध गराउन दबाब सहितको ध्यानाकर्षण गराइएको र आफना मागको सुनुवाइ नभए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको अखिल नेपाल किसान महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य उमेश गुप्ताले बताउनुभयो ।

किसान महासंघ बारा जिल्ला संयोजक आत्मदेव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु रामनाथ बैठा, बन्दना सिंह, धनमाया चौधरी, परवानीपुर गाँउपालिकाकी उपाध्यक्ष सुगान्धी देवी गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

Leave a Reply