वीरगन्ज,वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर उमेशप्रसाद चौरसियाले राजीनामा दिनुभएको छ । क्याम्पसको परीक्षा केन्द्र पर्सा जिल्ला बाहिरको क्याम्पसमा सारिएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गरेपछि आइतबार चौरसियाले क्याम्पस प्रमुख पदबाट राजीनामा दिनुभएको हो ।त्रिभुवन विश्वविधालयका उपकुलपति तथा त्रिवि कार्यकारी परिषदका अध्यक्षलाई इमेलमार्फत राजीनामा पत्र पठाउँदै क्याम्पस प्रमुख पदबाट राजीनमा दिएको चौरसियाले बताउनुभयो । उक्त राजीनमाम पत्रमा चौरसियाले स्वास्थ्य प्रतिकुलताका कारण आफुले राजीनमा दिएको उल्लेख गर्नुभएको छ ।तर टेलिफोन संवादमा कुरा गर्दै चौरसियाले अन्त सारिएको परीक्षा केन्द्र क्याम्पसमै फिर्ता ल्याउन आफु असमर्थ भएपछि विद्यार्थीहरुले आन्दोलन गरेकाले आफ्नो कारणले विद्यार्थीहरुको परीक्षामा बाधा व्यवधान नहोस् भनेर राजीनामा दिएको बताउनुभयो ।ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्तको क्याम्पसमा नसारी आफ्नै क्याम्पसमा कायम राख्नका लागि आफुले त्रिविका रजिष्टार र कन्ट्रोलरलाई भेटेर पटक पटक आग्रह गर्दापनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।चौरसियाले २०७७ चैत १२ देखि क्याम्पस प्रमुखको कार्यभार सम्हाल्नुभएको थियो । मंगलबारदेखि सुरु हुने बिएड प्रथम वर्ष र बुधवारदेखि हुने बिबिएस प्रथम वर्षको परीक्षाको केन्द्र बाराको कलैया र सिमरामा परेपछि ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आइतबार परीक्षा शाखामा तालाबन्दी गरि क्याम्पस प्रशासनका विरुद्धमा नाराबाजी पनि गरेका थिए ।बिबिएस र बिएड प्रथम वर्षको परीक्षा केन्द्र बाराको कलैयास्थित रामराजा कलेज र सिमरा कलेजमा परेपछि त्यसको विरोधमा विद्यार्थीहरुले आन्दोलित भएका हुन ।

Leave a Reply