वीरगञ्ज,नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई केन्द्रीय अनुशासन समितिले सभापतिबाट निलम्बित गरेको छ ।साउन २० गतेदेखि ३० गतेसम्म हुने पार्टीको सङ्गठनात्मक अभियानमा सभापतिको हैसियतले कार्य नगर्ने गरी उनलाई निलम्बित गरिएको हो ।पार्टीले गुप्ताको ठाउँमा क्षेत्रीय उपसभापतिलाई उक्त जिम्मेवारी दिन केन्द्रीय अनुशासन समितिका सभापति आनन्द ढुङ्गानाले पर्सा जिल्ला कार्यसमितिलाई पत्राचार गर्नुभएको छ ।गुप्तामाथि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध लागेको आरोप लाग्दै आएको छ ।

Leave a Reply