रौतहट २४ भदौ ।
स्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिकलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटि गएको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर १ भन्सार कार्यालय नजिक बाट चेकजाच गर्ने क्रममा स्रोत नखुलेको ४ लाख ९५ हजार रकम सहित एक जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला सीतामढी नगर पंचायत बैरगनिया १ बस्ने ४५ बर्षीय लक्ष्मी कुमार साह रहेको प्रहरीले जनाएको छ । भारत बैरगनिया बाट पैदल नेपालमा आउदै गरेको क्रममा गस्तीमा रहेको टोलीले चेकजांच गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिएका छन ।


















