कलैया,मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय बाराले सूचना जारी गरेको छ ।

निर्वाचनमा सहभागी हुने मतदाताको नामावलीमा दावी विरोध गर्न र त्रुटी सच्याउनका लागि निर्वाचन कार्यालयले पाँच दिने कार्यतालिकासहित सूचना जारी गरेको हो ।

निर्वाचन कार्यालयले जिल्लाको सबै वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने भएको छ । प्रकाशित नामावलीमा उल्लेख भएको नाममा त्रुटी भए, झुठो विवरण दिएर नाम समावेश गरेको भए एकभन्दा बढी स्थानमा नाम समावेश भए जिल्ला निर्वाचन कार्यालय पुगेर भदौ १३ गतेदेखि १५ गतेसम्म सच्याउन र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

यसैगरी कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएको तर मृत्यु भइसकेको, नेपाली नागरिकता त्याग गरेको, बसाइँसराइ र विवाह गरी अन्यत्र गएकाको नाम मतदाता सूचिबाट हटाउनका लागि स्थानीय तहको पञ्जिकरण शाखाको समन्वयमा भदौ १३ गतेदेखि १६ गतेसम्म सूचना दिन सकिने गरी कार्यालयले व्यवस्था मिलाएको छ ।

त्रुटी सच्याउन, उजुरी दिन, दावी विरोध गर्नका लागि प्रमाण आवश्यक पर्ने जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Leave a Reply