काठमाण्डौं,१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीवार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो ।नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकबाट २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय गरेका हौं। अब यही मिति हुन्छ दशौँ राष्ट्रिय खेलकुद। तपाईहरु ढुक्क हुनुस्।’यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो ।त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।

Leave a Reply