संसदीय र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा चुनावी सरगर्मी पनि बढेको छ । चुनावी सरगर्मी बढेसंगै राजनीतिक दल र तिनका उम्मेदवारहरु पनि तात्तिएका छन् । ठूला भनिएका दल र शीर्ष दलकै बिरुद्धमा धेरै ठाउँमा बागी उम्मेदवार उठेका छन् । बागी उम्मेदवारका कारण कतिपय स्थानमा उम्मेदवारहरुलाई सहज छ भने कतिपयलाई समस्या छ ।

जस्तै, गोरखा २ कै कुरा गर्ने हो भने बागी उम्मेदवारले प्रचण्डलाई सहज बनाएको छ । काँग्रेसबाट नै दुईजना बागी उम्मेदवार भएपछि प्रचण्डलाई सहज भएको हो । हुनत देशका अन्य स्थानमा पनि यस्तो अवस्था छ तर बागीलाई कारबाही गरे पनि दल र उम्मेदवारका लागि भने टाउको दुखाइकै बिषय भएको छ ।

शीर्ष नेतृत्वहरु यसपालीको चुनावमा निकै तनावमा हुनुपर्ने अवस्था थियो तर गठबन्धन हुदा सहज भएको छ । संभवतः शीर्ष नेताहरु पराजय हुने संभावना भने एकदमै कम छ । यिनै पुराना ब्यक्तिहरु दोहोरिने हुँदा देशमा खास परिवर्तन हुने संभावना पनि कम छ । त्यसैले बागी दल र नेताका लागि कति ठाउमा भर छ भने कति ठाउमा डर ।

Leave a Reply