सिकिन्द्र साह

सिम्रौंनगढ,सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ गङानगरमा अयोजना भएको लक्ष्मीनारायण महायज्ञ बिहीवार सम्पन्न भएको छ ।९ दिनसम्म आयोजना गरिएको सो यज्ञमा देश बिदेशबाट आएका सन्त ब्राह्मणलाई दान दक्षिणा दिएर बिदाइ गरिएको थियो ।गङानगर टोलमा परापूर्व कालदेखि भगवान विष्णुको चरणको पादुकालाई पूजा पाठ गर्ने प्रचलन रहेको भए पनि अन्न र धन प्राप्त हुने आकांक्षामा पहिलो पटक यो यस्तो यज्ञको आयोजना गरिएको महन्त भागिरथ महात्यागीले बताउनुभएको छ ।भारतको बृन्दावनबाट आउनुभएका कृष्ण÷ बृज रास लीला संस्थानका श्री मद्भागवत प्रवक्तता रासाचार्य स्वामी श्री बृजकिशोर शर्माको सक्रियतामा आयोजना गरिएको सो कृष्ण लिला तथा रासलिलामा बाराको आदर्शकोतवाल गाउँपालिका, पचरौता नगरपालिका र महागढीमाई नगरपालिकाका श्रद्धालुहरुले अध्यात्मिक आनन्द लिएका थिए ।महायज्ञको समापन कार्यक्रममा बोल्दै सिम्रौनगढ नगरपालिका नगर प्रमुख किशोरी साह कलवारले मामसाहारी जीवनलाई छोडेर साहाकारी जीवन पद्दति अपनाउनुपर्ने बताउनुभएको थियो । उहाँले आध्यात्मिक ज्ञान नै जीवनको सबैभन्दा महत्वपूर्ण र उपयोगी ज्ञान भएको पनि बताउनुभयो ।यज्ञलाई सफल पार्न स्थानीयले बिगत ५ महिनादेखि काम गर्दै आएको सिम्रौनगढ नगरपालिकाका पूर्व वडा अध्यक्ष राजेशप्रसाद यादवले बताउनुभएको छ । यज्ञमा बारा जिल्लाको दक्षिणी भेगका हजारौं श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

Leave a Reply