चन्द्रपुर,पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमती पुलको एउटा स्पर भाँसिएपछि दुर्घटना जोखिम बढेको छ ।दैनिक हजारौं सवारी र ढुवानीका साधन गुड्ने बाग्मती नदी पुलको पुरानोस्पर भाँसिएपछि दुर्घटना जोखिम बढेको हो । स्पर भाँसिए पनि राजमार्गमा चल्ने सवारी साधनका चालकहरुलाई त्यसबारेमा जानकारी नहुँदा कुनै पनि बेलादुर्घटना हुनसक्ने स्थानीयको भनाई छ ।

सर्लाहीबाट आउदा पाँच नम्बर र रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भाँसिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । तत्कालिन शोभियत संघ सरकारको आर्थिक सहयोगमा पचास वर्षअघि निर्माण गरिएको पुल जीर्ण बन्दै गएपछि सडक विभागले समय समयमा मर्मत गरेर संचालनमा ल्याइएको थियो ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका ईन्जिनियर प्रकाश यादबका अनुसार पुलको स्पर तलमाथि भएकाले आवातजावतमा सावधानी अपनाउनु पर्ने बताउनुभयो । भारवहन सवारी साधनलाई एक पटकमा एउटा मात्रै चल्ने प्रबन्ध मिलाउन रौतहट र सर्लाही दुबै जिल्लाका ट्राफिक प्रहरी कार्यालयलाई आग्रह गरिनुका साथै पुल भाँसिएको विषयमा पुल महाशाखा काठमाण्डौंलाई पनि जानकारी गराइसकिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुण कुमारलाल कर्णले पुलको स्पर भाँसिएकाले सवारी साधन संचालनमा शावधानी अपनाउनुपर्ने बताउनुभयो । पुलको बेरिङ्ग फुटेकाले जोडिएको दुई वटा स्परको अन्तर बढेको र यसले दुर्घटना जोखिम निम्त्याएकाले समयमै मर्मत गर्न स्थानीय गोपाल घिमिरेले सम्बन्धित निकायसंग माग गर्नुभएको छ ।

Leave a Reply