प्रहरी भनेको राज्यको कानुन कार्यान्वयन गर्ने निकाय हो । लडाइमा भन्दा पनि प्रहरीलाई कानुन कार्यान्वयन तथा सुरक्षा प्रदान गर्ने निकायको रुपमा लिने गरिन्छ । तर, प्रहरीले निरीह भयो भने के होला, यसो भयो भने पक्कै पनि कानुन मर्नेछ र समाजमा अराजक फैलाउनेहरुको हालीमुहाली हुनेछ र कानुनीको राज्यको खिल्ली उडाउने कार्य हुनेछ । नेपालमा पछिल्ला दिनमा यस्तै भइरहेको आभास गर्न सकिन्छ ।कानुन कार्यान्वयनका लागि जिम्मा लिएको प्रहरी आफै निरीह भएको देखिन्छ । खासगरी भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी बेपत्ता भएपछि प्रहरी निरीह रहेको भन्न कुनै समस्या नभएको हो । प्रहरीले मंगलबार रायमाझीको निवासमा छापा हानेपनि हातमा लाग्यो सुन्य भएको छ । पूर्वगृहमन्त्री समेत रहेका रायमाझीका विषयमा प्रहरी बेखर हुनु भनेको कानुन राज्यका लागि उपहास नै हो ।प्रहरीले आफै निरीह भएको हो कि बनाइएको हो भन्ने प्रश्न यहाँनिर यसै पनि आउछ । प्रहरीले चाहेको खण्डमा समात्न सक्छ होला कि भन्ने तर्क पनि छ । प्रहरीले सर्वसाधारणको हकमा यो घटना भएको भए ठाउँको ठाउ जति लुकेर बसे पनि उनीहरुलाई नियन्त्रणमा लिएको हुने थियो तर अहिले प्रहरीले रायमाझीलाई समात्न नसक्नु नाटक नै हो भन्दा फरक पक्कै पर्ने छैन ।

Leave a Reply