पुष्पराज खतिवडा
मनहर्वा,बारा क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्वालाकुमारी साह सामन्य महिला मात्रै नभएको क्षेत्रका सर्वसाधारणले बताएका छन । उनीहरुको भनाइमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी साह महिलाहरुका लागि बलियो सामाजिक पहिचान पनि हुनुहुन्छ ।
सामान्य किसान परिवारमा जन्मिनुभएकी ज्वालाले कडा मेहनतले बनाएको पहिचान र उहाँले गरेका महत्वपूर्ण कार्यले महिलाहरुको शिर उचोँ बनाएको बताउनु हुन्छ, कलैया उपमहानगरपालिका वडा नं.१६ का गोरखप्रसाद यादव ।
गरिब किसान परिवारमा जन्मिएर दुःखका साथ बाल्यकाल विताउनु भएकी साहको वयस्क जीवन पनि खासै सुद्ख बित्न पाएन । १० वर्ष लामो माओवादी जनविद्रोहमा होमिनु भएकी उहाँ २०६४ चैत्र २८ गतेमा पहिलो निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य निवाचित हुनुभएको थियो ।
देशमा संविधान सभाबाट संविधान बनाएर जनताका सपना पूरा गर्ने उहाँको चाहना थियो । संविधान निर्माणका दौरान २०६६ सालमा तत्कालिन सरकारको भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो साहले । उहाँकै कार्यकालमा मन्त्रालयले श्रीमान् श्रीमतीको नाममा संयुक्त लालपूर्जाको अवधारणा ल्याएको थियो । यसरी लालपूर्जा बनाउँदा रजिष्टेसन शुल्कमा ५० प्रतिशत मिनाहा दिने नियम पनि पूर्वमन्त्री साहले नै बनाउनुभएको हो ।
यस्तै उहाँकै पालमा महिलाको नाममा जग्गा रजिष्टेसन पास गर्दा २५ प्रतिशत शुल्कमा २५ प्रतिशतसम्म छुट दिने प्रावधान आएको पूर्वमन्त्री साह बताउनुहुन्छ ।
२०७२ मा संविधान जारी भएपछिको पहिलो आम निर्वाचनबाट बारा क्षेत्र नं.३ (क) बाट प्रदेशसभा निर्वाचन जित्नुभएकी साहले करिब साँढे तिन वर्षमा नै पद परित्याग गर्नुपरेको थियो । एमाले माओवादीको एकताबाट बनेको (नेकपा) मा दरार उत्पन्न हुँदा उहाँले माओवादी पार्टी परित्याग गरेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारलाई समर्थन गर्नुभएको थियो ।
सोही बेलाबाट उहाँ नेकपा एमालेको राजनितिमा सक्रिय हुँदै आउनुभएको छ । पार्टीले उहाँलाई हाल पोलिटब्युरो सदस्य र मधेश प्रदेशको सहईन्चार्जको समेत जिम्मेवारी दिएको छ ।
उहाँले तीन वर्ष प्रदेशसभा सदस्य भएर काम गर्दा आफ्नो क्षेत्रमा दीर्घकालिन महत्वका धेरै काम गर्नुभएको छ साहले । प्रदेशसभा सदस्य भए पनि केन्द्र सरकारसँगको समन्वयमा साहले आफ्नो क्षेत्रको विकासमा धेरै मेहनत गरेको यहाँका जनता बताउँछन् ।
पसाह, बाँलगंगा खोलाले कटान गरेको धेरै स्थानमा ड्याम निर्माण, कृषि क्षेत्र र किसानको आय श्रोत वृद्धि गर्नको लागि बजार भवन निर्माणको काम भएको बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्ब १८ का वेदप्रसाद न्यौपाने बताउनुहुन्छ । यस्तै निर्वाचन क्षेत्रमा ग्रामीण सडक ढलान, कृषि सडक ग्रावेल कार्य पनि उहाँकै पहलमा भएको हो ।
कलैया उमहानगरपालिका २४का राजेश चौधरीका अनुसार पूर्वमन्त्री साहको पहलकदमीमा यस क्षेत्रका कयौं शैशिक संस्थाहरुका बालबालिकाका लागि खेल सामग्री, विद्यालयका भौतिक पूर्वाधार निर्माणमा करोडौं रुपैया बराबरको सहयोग भएको छ ।
स्वास्थ्य क्षेत्रमा समेत महत्पूर्ण काम भएको उहाँको भनाइ छ । कतिपय स्थानमा गर्भवती महिलाहरुको सुविधाका लागि बर्थिङ्ग सेन्टर स्थापना भएको चौधरीले सुनाउनुभयो । प्रदेश सरकारबाट प्राप्त बजेट मात्रै नभएर केन्द्र सरकारबाट समेत सहयोग जुटाएर पुलपुलेसा निर्माण र योजना छनौटको परिमाण आइरहेको उहाँले बताउनुभयो ।
नेतृ साह विकासप्रेमी महिलाको पहिचान बनाउन सफल महिला हुन् । साह ०७८मा छोटो समयको लागि भए पनि कृषि मन्त्री हुनुभयो । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा क्षेत्र नं.३बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले उहाँलाई उम्मेदवार बनाएको छ ।
यस पटक यहाँका जनताको अभिमतले उहाँलाई लामो समय कृषि मन्त्री बनाउने निश्चित छ । बारा क्षेत्र नं.३ संगै बारा जिल्लाको कृषि क्षेत्रको विकासको साहले फेरि पनि संसदमा पुग्न जरुरी भएको जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले बताउनुभयो ।

















