वीरगन्ज,लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। आज बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उक्त चिनी मिल सुशिला गोयलको नाममा छ। तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोज भागमा चिनी मिल परेको थियो। यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो।उखु किसानलाई उक्त चिनी मिलले १६ देखि १७ करोड तिर्न बाँकी छ।यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।यद्यपी पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भने अग्रवाललाई पक्राउ गरेको नभइ सामान्य जानकारीका लागि जिल्ला प्रहरीमा बोलाइएको बताउनुभयो । उहाँले आवश्यक परेको खण्डममा मात्रै अग्रवाललाई नवलपराशी पठाइने जानकारी दिनुभयो ।