हेटौंडा, मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरले बिहीबार हेटौंडामा नेपालमा समावेशी समुदायका लागि शान्तिपूर्ण शसक्तिरण अभियान अन्तरगत सरोकारवलाहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । उक्त समूह मकवानवपुरकी अध्यक्ष शारदा चौलागाईको सभापतित्वमा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमका बिषयमा मानव अधिकारका लागि महिला,एकल महिला समूह बागमती प्रदेशकी कार्यालय प्रमुख अप्सरा अर्यालले जानकारी दिनु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मानव अधिकारका लागि महिला,एकल महिला समूह बागमती प्रदेशकी अध्यक्ष देवकी पौडेल, हेटौंडा उपमहानगरपालिकाको राजश्व शाखाकी गंगा चौलागाई सहित वडा नम्बर ८ का अध्यक्ष राम थापा,११ का अध्यक्ष जुना दाहाल लगामयतका जनप्रतिनिधि, अधिवक्ता अप्सरा बस्नेत,राष्टिय मानव अधिकार आयोग बागमती प्रदेशकी रबिना घिमिरे लगायतले मन्तब्य राख्नुभएको थियो । सो समूहकी सचिव कल्पना सुवेदीको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा समूहका उपाध्यक्ष शान्ता बिकले स्वागत मन्तब्य राख्नु भएको थियो भने कोषाध्यक्ष निर्मला पौडेल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

















