नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) यसपालीको चुनावमा गोरखा २ मा पुगेका छन् ।

चितवन छाडेर उनी गोरखा २ मा किन गए सबैलाई स्पष्ट नै थाहा छ । गोरखामा प्रचण्डलाई जीत निकाल्न सहज छ तर चितवनमा सहज थिएन तर पनि अझै मत परिणाम सम्म पर्खन भने आवश्यक छ । गोरखा २ को उम्मेदवार भएपछि प्रचण्डले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् ।

जसमा गोरखाका जनताको दैनिकीका कुराभन्दा पनि फोस्रा आश्वासन धेरै छन् । उनले गरेको प्रतिबद्धता पूरा हुनेमा आशंका नागरिक स्तरमा छ । किन भने गोरखाको भूगोल फरक खालको छ । खासमा गोरखा २ का नागरिकहरुका लागि दुई खाले समस्या छ, एक सडक संजालको भने दोश्रो स्वास्थ्यको । सडक संजाल पहिलो प्राथमिकता हो ।

तर, प्रचण्डले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सडक संजाललाई झारा टार्ने बिषयको रुपमा मात्रै उठान गरिएको छ । यो भनेको गोरखा २ को भूगोलको सवालमा प्रचण्ड अनविज्ञ रहेको कुरा स्पष्ट थाहा हुन्छ । त्यसैले पनि गोरखा २ को भूगोलको सवालमा प्रचण्डले दिएको आश्वासन फोस्रो भएको स्वतः स्पष्ट हुन्छ ।

 

 

 

 

Leave a Reply