राजकुमार यादव

मौलापुर,मौलापुर नगरपालिकाद्वारा निर्मित जनता माध्यमिक विद्यालय सोनरनियाँको नवनिर्मित भवनको बिहीवार उद्धाटन गरिएको छ ।

नगर प्रमुख रीनाकुमारी साहकी अध्यक्षतमा भएको सो कार्यक्रममा शहरी विकास पूर्व मन्त्री एव नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको प्रमुख अतिथ्यता रहेको थियो । नगरपालिकाकी नगर प्रमुख साह र एमाले नेता प्रभु साहले संयुक्त रुपमा भवन उद्घाटन गर्नुभएको थियो ।

विद्यालयमा शहरी विकास तथा भवन निर्माण विभागको वर्गिकरण अनुसार ‘ख’ वर्गको आर.सि.सि. फ्रेम स्ट्रक्चर्ड भएको दुई वटा ब्लक भवन निर्माण भएका छन ।

ब्लक ‘ए’ मा ८ वटा कोठा र ब्ल्क ‘बी’ मा १२ वटा कोठाको निर्माण आ.व. २०७७÷०७८ मा सुरु भई आ.व. २०७९÷०८० मा सम्पन्न भएको हो । ब्लक ‘ए’ को निमार्णमा रु ८४ लाख ८७ हजार ४ सय ५० तथा ब्लक ‘बी’ को निर्माणमा २ करोड ९ लाख गरी कुल लागत रु ३ करोड ८४ लाख ८७ हजार ४ सय ५० रुपैया खर्च भएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले कार्यक्रम मार्फत जनकारी गराउनुभयो ।

कार्यक्रममा नेकापा एमाले केन्द्रिय सदस्य समिर अंसारी, पूर्वविधायक कुन्दन कुशवाहा, नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर), नेकपा एमाले नगर कमिटी अध्यक्ष नागेन्द्र साह, नेकपा एमाले प्रदेश सदस्य मनोज यादव (राजन), देवाही गोनाहीका प्रमुख प्रेमलाल साह कानु, उपप्रमुख परनिया देवी पटेल, गरुडाका मेयर कन्थमणीप्रसाद जैसवाल, गरुडा नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, कटहरीया नपाका पूर्वमेयर सियाराम प्रसाद कुशवहा र मौलापुर नपाका उपप्रमुख नागेन्द्र राय यादवलगायत मौलापुर नगरपालिकास्थित सम्पूर्ण विद्यालयका शिक्षकलगायत स्थानीय समाजसेवी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply