प्रधानमन्त्रीको पदमा पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधवार तेश्रो पटक विश्वासको मत पाउनु भएको छ । करिब १७ महिनाको अवधिमा प्रचण्डले पाएका यो तेश्रो पटकको विश्वासको मत हो ।काँग्रेससँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन गर्नुभएका प्रचण्डले यसपाली पाएको विश्वासको मतको आँकडा हेर्ने हो भने त गठबन्धन जतिबेला पनि भत्किनसक्छ । यद्यपि काम गरेर देखाउनका लागि भने यो मत पर्याप्त छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुको साथ र सहयोग प्रचण्डलाई भएकाले पनि यसपाली प्रचण्डले काम गरेर देखाउने मौका पाउनुभएको छ । काँग्रेससंगको गठबन्धनमा रहेका बेला केही मन्त्रीले असहयोग गरेका कारण काम गर्न पाइन भन्ने प्रधानमन्त्रीका लागि अब यो अवस्था पनि छैन । त्यसैले अब प्रचण्ड सहित यो मन्त्री परिषदमा रहेकाहरुका लागि सुनौलो अवसर नै हो ।यसको सही सदुपयोग भएन भने चैं देशमा केही नयाँ पनि हुदैन र नयाँ भनिएका दलहरु पनि असफल हुनेछन् । वर्तमान मन्त्री परिषदमा जनताले आश गरेका केही व्यक्तिहरु पनि सहभागी भएकाले उनीहरुले केही गर्नु नै पर्छ । उनीहरुलाई यो वा त्यो बाहानामा फेरि पनि आलटाल गर्ने छुट छैन । त्यसैले बुधवार विश्वासको मत पाउनुभएका प्रधानमन्त्री प्रचण्डसहित यो सरकारले अब काम गरेर देखाउन सक्नुपर्दछ ।

Leave a Reply