निजगढ,निजगढ नगरपालिकामा सोमवारबाट समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको लागि राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु भएको छ ।जिल्ला प्रशासन कार्यालय कलैयाबाट खटेको पञ्जिकरण टोलीले नगरका सबै वडा समितिको कार्यालयमा पुगेर जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालगायत सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको परिचय पत्र बनाउने कार्य शुरु गरेको नगरपािलकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो ।यसअघि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा निजगढमा सर्वसाधारणको लागि संचालनमा रहेको राष्ट्रिय परिचय पत्र बनाउने स्टेशन ईलाका प्रशासन कार्यालय सिमरामा सारिएको थियो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिक बाहेक अन्यको परिचय पत्र भने अहिले पनि सिमराबाट नै बनाउने व्यवस्था रहेको सूचना अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply