कुनै बेला नेपालमा यस्तो समय थियो,प्रहरी देखेपछि नागरिकहरु डराउनु पर्दथ्यो । प्रहरी देखेपछि नागरिकहरुमा तनाब सृजना भएको देखिथ्यो । प्रहरी नागरिकको हत्याका लागि नै परिचालन गरिएको हो कि जस्तो पनि देखिन्थ्यो तर अहिले प्रहरीको संरचना फेरिएको छ । अहिले प्रहरी भनेकै नागरिकहरुको साथी हो ।
अब नेपाल प्रहरी नागरिकबीना अगाडि बढ्न सक्दैन र नागरिकहरुपनि प्रहरीबिना अगाडि बढ्न सक्ने अवस्था हुन्न । नागरिकहरुकै सुरक्षाका लागि प्रहरी पोष्टहरु स्थापना गरिएका हुन् । कुनै समयमा सीमित ब्यक्तिहरुले प्रहरी परिचालन गर्दथे तर अब त्यो अवस्था छैन ।
त्यसैले पनि नागरिक र प्रहरी साझेदारी अभियान संचालन गरिएको छ। बारामा पनि यो अभियान संचालित छ जसका कारण बारावासीहरुले शान्ति सुरक्षाको सवालमा केही फरकपनको महसुस गरेका छन् । प्रहरी र नागरिकबीचको सहकार्यबाट नै समाज अपराध रहित बन्ने हो । त्यसैले प्रहरी नागरिक साझेदारी आवश्यक छ ।