हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आज बिहान बर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशीलसिंह राठोरले जानकारी दिनुभयो ।
चट्याङ लागेर च्याउखोला बस्ने २३ बर्षीय विजय स्याङ्तानको मृत्यु भएको उहाँले वताउनुभयो । उहाँको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी उहाँको श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ घाइते हुनुभएको छ । घाइतेकोे हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।