कृपा संवाददाता

कलैया – नेपाल परिवार दल बाराका अध्यक्ष रामचन्द्र प्रसाद चाैधरी हरेक बखत सामाजकै लागि रहने व्यक्ती रहेकाे छ । नेपाल परिवार दल बाराका अध्यक्ष चाैधरीले सामाजिक कार्यमा जुनसुकै बेला पनि तयारी रहने गर्दछ । अहिले भने नेपाल परिवार दल बाराका अध्यक्ष चाैधरीले नाेबल काेराेना भाइरस (काेभिड-१९)  माहामारीकाे रुपमा  देशमा फैलि रहेकाले सरकारले लकडाउन जारी गरेकाे छ ।

 

 

लकडाउन जारी रहेकाले गरिब , अतिबिपन्न , दैनिक मज्दुरी गरी खानेहरुलाइ बाच्न समस्या परेकाे छ । लकडाउनलाइ समर्थन गर्दै तथा काेराेनाबाट बच्नका लागि  सरकारले गरेको लकडाउनका कारण ज्याला मजदुरी गर्ने अति बिपन्न गरिब दलित तथा असहाय घर परिवारलाई नेपाल परिवार दल जिल्ला कार्य समिति बाराले साेमबार  राहत वितरण गरेको छ ।

नेपाल परिवार दल बाराका अध्यक्ष चाैधरीले दिएका जानकारी अनुसार  देवताल गाउपालिकामा राहत वितरण गरेकाे हाे ।  देवताल गाउपालिकासंग समन्वयन गरि छाक टार्न समस्या भएका पचास जनालाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेकाे जानकारी दिए । चाैधरीले एक विज्ञप्ती जारी गरि खाद्यान्नमा पन्ध्र किलो चामल, आधा किलो दाल र एक किलो नुनको पैकेट रहेको थियो ।

 

उक्त राहत वितरण कार्यक्रममा नेपाल परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, जिल्ला सचिव अच्छेलाल राम, रामबाबु साह सोनार, श्याम गिरी, गान्धी सहनी, कनक चौधरी, किशारी गिरी, बिनोद चौधरी लगायतको उपस्थिती रहेको जिल्ला पार्टि प्रवक्ता उपेन्द्र कुमार पासवानले  प्रेस बिज्ञप्ती मार्फत जानकारी दिए ।

Leave a Reply