पुष्पराज खतिवडा
मनहर्वा –  जितपुरसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको सर्व सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवसको अवसरमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । शनिबार बडहर्वामा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयासँगको सहकार्यमा सहकारीले सचेतना कार्यक्रम सम्पन्न गरेको हो । प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले कार्यक्रममा उपस्थित सहभागिलाई ट्राफिक ब्यवस्थापनमा आम सर्वसाधारणको भुमिकाका बारेमा जानकारी प्रस्तुन गरेका थिए ।

 

 

मानविय कमजोरीका कारण दुर्घटना बढिरहेकाले सडकमा यात्रा गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराएका थिए । ट्राफिक उपरिक्षक महत्तोका अनुसार सवारी दुर्घटनामा बर्षेनी हजारौंको ज्यान जानुको साथै अंगभंग हुने गरेका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १८ देखी १५ प्रतिशतका दरमा बर्षेनी वृद्धि भैरहेको छ । जुन राम्रो संकेत होईन । तिब्रगती, क्षमता भन्दाबढी लोड, जथाभावी बाटो काट्ने प्रवृती, मादक पदर्थ सेवन गरी सवारी चलाउने लगायतका कारण दुर्घटना बढेको प्रहरी उपरिक्षक महत्तोले कार्यक्रममा जानकारी दिए ।

 

 

 

त्यस्तै कार्याक्रमका प्रमुख अतिथी जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलले दुर्घटना भवितब्य र लापरवाही गरी दुई प्रकारले हुने बताए । भवितब्य रोक्न नसएिपनी लापरवाही सुधारगर्दा मात्रै पनी अकाल मृत्युबाट जोगिन सकिने बताए । टाफिक नियम र कडाई दुख्न दिन नभई लापरवाही नियन्त्रणको कडी भएको उनको भनाई थियो । टाफिक ब्यवस्थापनका लागि आफुले र आफ्नो नगरले सकेको गर्ने उनको भनाई छ ।

 

 

 

कर्यक्रममा बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र ठाकुर नेपाल सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, वडा नं.१८ का अध्यक्ष अर्जून प्रसाद दाहाल ,कलैया उपमहा नगरपालिका २४का अध्यक्ष हरिलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।

 

 

संस्थाले केक काटेर स्थापना दिवसको उद्घाटन गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुतराज ढुङ्गानाको अध्यक्षता, संचालक राजेश भण्डारीको स्वागत तथा प्रबन्धक चन्द्र बुढाथोकीको संचालनमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here