कैलाली जिल्लाको रेडियो नमस्ते टीकापुरमा कार्यरत्त प्राविधिक पत्रकार बिफा चौधरीमाथी शुक्रवार राती अज्ञात समुहले गरेको आक्रमणको घटनाप्रति थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्यालयकाे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शनिकार  थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्यालयका महासचिव सन्तकुमार चाैधरीले एक विज्ञप्ती जारी गर्दै  घटनाको खेद प्रकट गरेका छन् ।

 

 

 

स्वतन्त्र रुपमा लेख्न र बोल्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित बनाउने गरी पत्रकार चौधरीमाथि भएको घटना सह्य हुनेखालको नभएकाे जनाएका छन्  । आक्रमणबाट घाइते भएकी पत्रकार चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । साथै आक्रमणमा संलग्न भएका व्यक्तिहरुको पहिचान गरी कडाभन्दाकडा कार्वाहीको माग समेत गरेकाे छ । 

 

 

 

रेडियोमा प्रशारण भएको समाचार चित्त नबुझेमा उपचारको कानुनी बाटो हुँदाहुँदै अज्ञात शैलीमा अपहरणगरी ज्यानमार्ने प्रयास भएको घटनाको घोरभत्र्सना  गरेकाे जनाएका  छन् । त्यसैगरी घटनालाई गम्भीर रुपमा लिएर तत्काल छानविन गरी दोषिउपर कडा कार्वाही गर्न स्थानीय प्रहरी, प्रशासनसँग विज्ञप्ती मार्फत जोडदार माग गरेकाे छ ।

आक्रमणबाट पत्रकार चौधरीको टाउको र हातमा गम्भीर चोट लागेको छ । रेडियोको समाचारप्रति आपत्ति जनाउँदै आफूमाथि आक्रमण गरेको बीफा चौधरीले बताए । मास्क लगाएका अपरिचित अनुहार साँझ ९ बजे कोठामा प्रवेश गरेको उनले जनाए । घरमा एक्लै भएको बेलामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरेको भन्दै उनले बायाँ हातमा ब्लेडले चिरेर ठूलो घाउ बनाएको जानकारी दिए । हात र खुट्टा बाँधेर मुखमा टेप लगाइदिएकाले चिच्याउन नसकेको भन्दै उनले पछि मुस्किलले फोन सम्पर्क धनन्जय रिमाललाई गरेपछि केहीबेरमा प्रहरी आई आफूलाई बचाएको चौधरीले सुनाए ।

 

 

 

दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिए, अर्काले झुण्डयाउन आफ्नो दोपट्टा बाँध्दै कर्ण कुँवरको रेडियोमा काम गर्ने जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नुपर्छ भन्दै मुख थुनेर मार्न खोजेका थिए’ पीडित चौधरीले बताउनुभयो । घटनाको खबर पाउने वित्तिकै करिब १० मिनेटभित्र पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाइएको अवस्थामा रक्ताम्मे फेला पारेको जनाएको छ ।

 

 

यसैगरी नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले पनि घटनाको विरोध गरेको छ । फोनिज कैलालीका अध्यक्ष लखन चौधरीले शनिबार विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गर्नुभएको छ । जारी विज्ञप्तीमा भनिएको छ, पत्रकार चौधरीमाथि गरिएको आक्रमण सिंगो प्रेसमाथिको आक्रमण हो, दोसीको पहिचान गरी यथाशीघ्र कारवाही गरिनुपर्छ ।

Leave a Reply